अबदेखि कुनै पनि जमिन उपयोगविहीन नहुने भएको छ । आफ्नो जमिन प्रयोग गर्न नसकेको अवस्थामा नागरिकले भूमि बैंकमा सो जमिन जम्मा गर्न सक्ने भएका छन् । यसरी जम्मा भएको भूमिलाई बैंकले वर्गीकरणको आधारमा आवश्यक दोस्रो व्यक्तिलाई उपयोग गर्न दिनेछ ।